राजपाका १४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

राजपाका १४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

विराटनगर, २ असार । विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका राष्ट्रिय जनता पार्टीका १४ जना कार्यकर्तालाई आज पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सो पार्टीका जिल्ला संयोजक मोहम्मद कादिर, केन्द्रीय सचिव जगदीश अधिकारीका साथै केन्द्रीय सदस्य चन्द्रप्रसाद राजवंशी, राजीव केसीलगायत छन् ।

सो पार्टीका कार्यकर्ताले पूर्वनिर्धारित कार्यक्रमअनुसार क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न जाँदा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई यतिखेर वडा प्रहरी कार्यालयमा राखिएको सो पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ