पुनर्निर्माण गर्न कार्यविधि तयार

पुनर्निर्माण गर्न कार्यविधि तयार

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, २ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा÷विहारको संरक्षण, जीर्णाेद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरेको छ ।

प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित गुम्बा÷विहारको संरक्षण, जीर्णाेद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरेसँगै २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका करिब एक हजार १०० गुम्बा तथा विहार पुनर्निर्माण गर्ने बाटो सहज भएको हो ।

कार्यविधि भूकम्पबाट प्रभावित सय वर्ष नपुगेका सार्वजनिक गुम्बाको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण कार्यका लागि मात्र लागू हुनेछ । भूकम्पले करिब एक हजार ३०० गुम्बा तथा विहार क्षतिग्रस्त भए पनि एक हजार १०० गुम्बा÷विहार सय वर्ष नपुगेका छन् । सय वर्ष पुगेका सम्पदा पुनर्निर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार पुरातत्व विभागले पुनर्निर्माण गर्ने प्रावधान छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले यो कार्यविधि लागू भएसँगै भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निर्माण हुन नसकेका गुम्बा तथा विहारको पुनर्निर्माणले तीव्रता पाउने बताउनुभयो । “कार्यविधि नहुँदा गुम्बा तथा विहारको पुनर्निर्माण कसरी अघि बढाउने भन्ने अन्यौल थियो, अब सय वर्ष नपुगेका करिब एक हजार १०० सय गुम्बा÷विहार पुनर्निर्माण द्रुत गतिले अघि बढ्नेछ”, उहाँले भन्नुभयो ।

कार्यविधिअनुसार पुनर्निर्माण गर्दा जोखिमयुक्त गुम्बा÷विहारलाई पहिलो प्राथमिकता र अन्य गुम्बालाई क्रमशः क्षतिको स्तर वर्गीकरण गरी पुनर्निर्माण गर्नुपर्नेछ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी काम सार्वजनिक खरिद कार्यविधि, २०७२ बमोजिम हुने प्राधिकरणले जनाएको छ ।

कार्यविधिले गुम्बा÷विहारको पुनर्निर्माण गर्दा लैङ्गिक, अपाङ्गता एवम् बालमैत्री हुनुपर्ने समेत व्यवस्था गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी