काठमाडौं, २ असार ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमकाअनुसार शुक्रबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँ पचास पैंसा घटाएको हो।
निगमका प्रवक्ता सीताराम पोखरेलकाअनुसार निगमको शुक्रबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार नयाँ मूल्यअनुसार पेट्रोलको प्रति लिटर सय रुपैयाँ, डिजेल र मट्टितेलको प्रति लिटर ७६ रुपैयाँ प्रति लिटर कायम गरिएको छ।
यसअघि पेट्रोल प्रति लिटर एक सय एक रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ७७ रुपैयाँ ५० पैंसामा बिक्री भइरहेको थियो।इण्डियन आयल कर्पोरेशन (आईओसी) ले जुन १५ तारिखमा इन्धनको मूल्य सूची घटाएर निगमलाई पठाएकाले स्वचालित मूल्य प्रणालीअन्तर्गत इन्धनको मूल्य समायोजन गरिएको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline