आयल निगम मासिक ३४ करोड नाफामा

आयल निगम मासिक ३४ करोड नाफामा

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, २ असार । नेपाल आयाल निगमले मासिक रु ३४ करोड नाफा कमाएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ सालमा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो ।

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा आज आयोजित कार्यक्रममा निगमले ३४ करोड नाफा कमाएको जानकारी दिईएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पेसागत इमान्दारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता भएमात्र आयल निगम अगाडि बढ्ने बताउनुभयो ।
पूर्व उद्योगमन्त्रीसमेत रहनुभएका जोशीले स्वदेशमा रोजगार सिर्जना गर्ने हो भने राज्यले उद्योग क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले लामो इतिहास बोकेको आयल निगमले गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक रु ४० अर्ब राजस्व तिर्न सफल भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी