वीरगन्जमा राजपाको बन्दको अवज्ञा

वीरगन्जमा राजपाको बन्दको अवज्ञा

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

वीरगन्ज , २ असार ।
राष्ट्रिय जनता पार्टीले मंगलवारदेखि आह्वान गरिएको चार दिने हडताल फिर्ता नभएको बताए पनि वीरगन्जमा शुक्रबार भने पसल तथा बजारहरु खु्लेका छन् ।
मंगलवारदेखि तीन दिनसम्म पसल बन्द गरेका वीरगन्जका व्यपारीहरुले शुक्रबार भने बन्दको अवज्ञा गर्दै पसल खोलेका हुन् ।
यस्तै वीरगन्जमा शुक्रबार सार्वजनिक यातायातका सवारी साधनहरु पनि निर्वाध रुपमा सञ्चालनमा आएका छन् । बजार खुलेको र सार्वजनिक यातायातका सवारी साधनहरु सन्चालनमा आएपछि वीरगन्जमा मान्छेहरुको चहल पहल पनि बढेको छ ।
तीन दिन त पसल बन्द गरेकै हो, अब कति दिन गर्ने ?वीरगन्ज आदर्शनगरका एक पसलेले भने, ुअब धेरै दिन पसल गर्न सक्दैनौ किन कि बन्द हडतालले कसैलाइ पनि फाइदा छैन, मधेसी दलहरु आफै आफैमा लड्न थालेका छन्, अनि आन्दोलनको नाममा बन्द हडताल गरेर हामी व्यपारीलाइ मात्रै दुख दिइरहेका छन् ।ु
बन्दको चौथो तथा अन्तिम दिन शुक्रबार बिहान पानी परेका कारण वीरगन्जका सडकमा आन्दोलनकारी देखा परेनन् । तर पानी पर्न रोकिएपछि घण्टाघर, नगवा, मालपोत चोक, पावरहाउस लगायतका केही स्थानमा राजपाका कार्यकर्ताले टायर बाले । त्यसपछि सडकमा आन्दोलनकारीहरु नदेखिएपछि वीरगन्जका व्यपारीहरुले मध्यान्हदेखि पसल खोलेका हुन् ।
राजपाका महासचिव शिव पटेलले बन्द फिर्ता नभएको बताउँदै पानी परेकोले कार्यकर्ता सडकमा नदेखिनु स्वभाविक भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ