पाँचथर र ताप्लेजुङका लागि इवा खोला जलविद्युत् आयोजनाको सेयर खुल्यो

पाँचथर र ताप्लेजुङका लागि इवा खोला जलविद्युत् आयोजनाको सेयर खुल्यो

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पाँचथर, २ असार ।

निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाले पाँचथर र ताप्लेजुङबासिका लागी सेयर खुला गरेको छ ।

नौ दशमलव नौ मेगावाटको आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो ।

दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल्ला गरिएकोमा २२ लाख ४० हजार कित्ता साविक थर्पु तथा साव्लाखुवासीका लागि र बाँकी ३३ लाख ६० हजार कित्ता ताप्लेजुङ र पाँचथर जिल्लाका लागि छुट्याइएको छ ।

फिदिममा रहेका माछापुच्छ्रे«, एनआइसी एसिया, एनएमबी, सिभिल बैंक तथा पाँचथर थर्पुमा सिभिल बैंकमा सेयर फारम भरी रकम जम्मा गर्न सकिने जनाइएको छ ।

ताप्लेजुङमा एनएमबी बैंकमा जम्मा गर्न सकिनेछ । विसं २०७४ असार ८ गतेसम्म सेयर बिक्री खुल्ला गरिएकामा प्रस्तावित रकम जम्मा हुन नसके असार २३ गतेसम्म जारी राख्ने जनाइएको छ ।

इवा खोला आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको परियोजना निर्देशक कुवेरमणि नेपालले बताउनुभयो ।
सो आयोजना ताप्लेजुङ तथा पाँचथर जिल्लाको सिमाना भएर बहने इवा खोलाको बायाँ किनारा साविक पाँचथर जिल्लाको थर्पु गाविस तथा ताप्लेजुङ जिल्लाको साब्लाखु गाविसमा पर्छ ।

आयोजनाले इवाखोलाबाट अधिकतम १२ दशमलव तीन क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी नौ दशमलव नौ मेगावाट क्षमताको विद्युत्शक्ति उत्पादन गर्नेछ ।
यो आयोजनाबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको अमरपुर सवस्टेसनसम्म पु¥याइनेछ । अमरपुर सवस्टेसनबाट राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत् समाहित हुनेछ । यस आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र बाँकी ५० प्रतिशत सञ्चालक तथा संस्थापक सेयरधनीको लगानी रहने बताइएको छ ।

यो आयोजनको निर्माण २०७४ माघ मसान्तभित्र सम्पन्न गरिसक्ने परियोजना निर्देशक कुवेरमणिले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी