काठमाडौं ,३१ जेठ । बूढीगण्डकी जलविद्युत अायोजना चिनियाँ कम्पनीसँग सम्झौतामा झण्डै ३ अर्ब घोटाला भएको छ । विना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवासँग काँग्रेस-माओवादी केन्द्रले ७ अर्ब ६२ खाएर करोड खाएर उक्त अायोजना सुम्पेको रातो खबर साप्ताहिकले समाचार लेखेको छ । गेजुवाले उक्त रकमको ३० प्रतिशत भुक्तानी गरेको स्रोतले बताएको छ ।
‘सुनको अन्डा’ भनेर चिनिएको बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिन नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार भएका थिए । मन्त्रालयबाट विदा भएपछि प्रचण्ड सरकारका ऊर्जमन्त्री प्रभाकरले जेठ २१ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
चिनियाँ कम्पनीबाट उक्त कमिसनको मध्यस्थता डँडेल्धुरा निवासी दीपक भट्टले गरेका थिए ।
स्रोतका अनुसार ७ अर्ब ६२ करोडको ३० प्रतिशत २ अर्ब २८ करोड काँग्रेस र माओवादी केन्द्रले ‘चुनावी खर्च’ भन्दै अापसमा बाँडेका छन् । त्यसैबाट सम्झौतामा सहभागी कर्मचारी र मध्यस्थता गर्नेहरुलाई पनि बाँडिएको छ । बाँकी ७० प्रतिशत कमिसन दुई चरणमा दिन कम्पनी र काँग्रेस-माके सहमत भएका छन् ।
ठूलो कमिसनको चक्करमा अायोजना चिनियाँ कम्पनीलाई दिएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पत्रकार सम्मेलन गरेरै विरोध गरेका छन् ।
सम्झौता पत्रमा गेजुवाका तर्फबाट उक्त कम्पनीका नेपाल ब्युरो प्रमुख र नेपालका तर्फबाट ऊर्जामन्त्रीको हस्ताक्षर गरेका छन् ।