कमल सरगम
काठमाण्डौ ।
“संसारमा आफ्नो भन्ने केहि पनि नहुदो रैछ जे आफ्नो बनाउन खोज्दै गरिन्छ त्यो पराईको बन्दै जादा मनमा ढुंगा बोकेर हास्नु बाहेक अरु कुनै बिकल्प रहन्न ,रहन्छ त् आँसुको धारामा आफ्नो भाग्यलाई सराप्ने ।यस्तै छ म त् बग्ने बालुवा चैत मासको हुरी”।यस्तै मार्मिक शब्द भावमा अनुबन्धित सितल सिजन डिजिटल प्रालिको गौरबमय प्रस्तुतिमा चर्चित लोकदोहोरी गायक मौसम गुरुङ र बाला दुराको सुमधुर आवाजमा निर कुमार परियार र बाला दुराको लोकदोहोरी गीत “मत् बग्ने बालुवा”बजारमा आएको छ ।ओम छिनालको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय अहिलेकी निकै ब्यत मोडल संचिता ठकुरी र मित्र बिसुन्केको रहेको छ ।कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने हरिश महराले गरेका हुन् ।सुजन सहिको सम्पादनमा तयार पारिएको भिडियो अहिले सितल सिजन डिजिटल मार्फत बजारमा आएको छ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=wHhi8bCkHoY]