एनबी इन्सुरेन्स कम्पनी लि. १९औं शाखा ललितपुरको जावलाखेलमा

एनबी इन्सुरेन्स कम्पनी लि. १९औं शाखा ललितपुरको जावलाखेलमा

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

ललितपुर ,२९ जेठ ।

एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९औं शाखा अाज देखि ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष श्री चिरञ्जिवी चापागांईज्यूले गर्नुभयो । उक्त अवसरमा बीमा समितिका नि. कार्यकारी निर्देशक श्री श्रीमान कार्कीज्यू र निर्देशक श्री राजुरमण पौडेलज्यूको उपस्थिती रहेको थियो । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालज्यू तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, हवाई उडान सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

शाखाको उद्घाटन कार्यक्रममा श्री चिरञ्जिबी चापागाईज्यूले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिनुभयो । उक्त अवसरमा बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रिणी बीमा कम्पनीको रुपमा एनबी इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गर्नुभयो । सोही अवसरमा अध्यक्ष चापागाईज्यूले सबैले आ आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि सबैलाई अग्रह गर्नुभयो ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालज्यूले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनु भयो । कम्पनीको आज उद्घाटन भएको शाखा सहित १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिनुभयो । उक्त कार्यक्रममा अध्यक्ष श्री ढकालज्यूले कम्पनीले हालै १ शेयर बराबर १ शेयरका दरले हकप्रद शेयर प्रदान जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु.५४ करोड पुग्ने जानकारी गराउंदै निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७२।०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेकोमा चालु आ.ब. को तेश्रो त्रेमाससम्ममा रु. ४९ कारोड बीमा शुल्क आर्जन गरी रु.६ करोड २० लाख खुद मुनाफा आर्जन गरेको र हालसम्म करिब रु.६० करोड बीमा शुल्क आर्जन गर्न सफल भएतापनि व्यवस्थापन उक्त सफलताबाट खुशी नरहेको र हाम्रो प्रयास निरन्तर जारी रहने व्यहोरा जानकारी गराउनु भयो ।

कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी ग्राहक महानुभावहरुलाई देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबै महानुभावहरुलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गर्नुभयो ।

सोही कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि ललितपुरको जावलाखेलमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी