‘भूकम्पपीडितको रकममा समेत घुस’

‘भूकम्पपीडितको रकममा समेत घुस’

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २९ जेठ । भूकम्पपीडितको राहत रकममा समेत सरकारी कर्मचारीले घुस रकम माग्ने गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक मुलुकभर नै सञ्चालन गरेको ‘रङ्गेहात पक्राउ’ अभियानअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको एक गाउँपालिकामा भूकम्पपीडितको राहत रकम प्रदान गर्दासमेत घुस मागेको पाइएको जनाएको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता जीवराज कोइरालाले मानवीय संवेदनालाई समेत ख्याल नगरी प्राकृतिक प्रकोपमा परेका नागरिकसँग पनि घुस मागिनु सबैभन्दा दुःखद् रहेको बताउँदै घुस लिने तथा दिने दुवैलाई कानुनको दायरामा ल्याइने र कुनै छुट नदिइने स्पष्ट गर्नुभयो । उहाँले भूकम्पपीडितको राहत रकममा नै घुस माग्ने सरकारी कर्मचारीको नाम भने बताउन चाहनुभएन ।

‘घुसको कसुरमा रङ्गेहात पक्राउ, अनुसन्धान र अभियोजन गर्नेसम्बन्धी निर्देशिका, २०७३’ अनुसार चालु आवको हालसम्म पाँच उपसचिव, १५ शाखा अधिकृत, ३४ नासु, नौ ओभरसियर, अमिन र खरिदार, सात लेखापढी व्यवसायी, दुई घुस दिने व्यक्ति, दुई कार्यालय सहयोगी, एक कुल्ली पाँचाँै तह र एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी ७६ जना थलोमै पक्राउ परेका छन् ।

त्यसमा नापी र मालपोत कार्यालयका मात्रै १४ कर्मचारी छन् । नापी र मालपोत कार्यालयका कर्मचारी बढी पक्राउ पर्नाका कारणमा ती कार्यालयमा रहेको कमजोर नीतिगत व्यवस्था र कार्यविधि, अभिलेख दुरुस्त नहुनु तथा कार्यसञ्चालन पूर्ण रुपमा परम्परागत रहनु रहेको सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

आयोगमा आउनुअघि आफू मालपोत कार्यालयमा कार्यरत रहेको अनुभवका आधारमा कर्मचारीको नियतमा रहेको खोट तथा सेवा प्रवाह प्रणालीमा रहेको परम्परागत मान्यताका अनुसार ती कार्यालयमा बढी घुस चल्ने गरेको सहायक प्रवक्ता रिजालको भनाइ छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विजय थापाले घुस दिँदादिँदै रङ्गेहात पक्राउ परेका कर्मचारी र उनीहरुको प्रवृत्तिका बारेका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी