मौलिक गीत “माली गाईले बाछी चाटेको”पछिल्लो पटकको उत्कृष्ट गीतको लिस्टमा

मौलिक गीत “माली गाईले बाछी चाटेको”पछिल्लो पटकको उत्कृष्ट गीतको लिस्टमा

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

कमल सरगम
काठमाण्डौ
रातो घलेकिमा बोलको गीतबाट चर्चा कमाएका सर्जक तथा गायक कुसल बेलबासे र तोरी भएछ तथा तीजको गीत बत्ति बाल्ने पर्दैन बाट लोकप्रिय बनेकी गायिका सम्झना भण्डारीको संयुक्त प्रस्तुति रहेको नया लोकदोहोरी गीत “माली गाइले बाच्छी चाटेको ” बजारमा आएको छ |
लोकप्रिय सर्जक तथा कुसल गायक कुसल बेलबासेको शब्द र संगीत रहेको लोकदोहोरी गीतमा कुसल बेलबासे र सम्झना भण्डारीको आवाजमा रहेको छ | जमुना सनम संग रातो घलेकिमा , मालती खरेल संग पुर्बैमा घाम लाग्यो मा सहकार्य गरेका गायकले अहिले सम्झना भण्डारी संग मिलेर लोकदोहोरी गीत माली गाइले बाच्छी चाटेको बजारमा ल्याएका छन |
“माली गाइले बाच्छी चाटेको ” बोलको गीतमा चर्चित सर्जक , गायक तथा मोडल प्रकाश सपुत र कुशल नृत्य गर्ने बेली डान्सर मोडल अन्जली अधिकारीको अभिनय रहेको छ ।
सफल तथा चर्चित भिडियो निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतमा,निकै ब्यस्त अनुभवले खारिएका छायाकार करण चैसिरको छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ ।
कुसल बेलबासे र सम्झना भण्डारीको संयुक्त प्रस्तुति रहेको “माली गाइले बाच्छी चाटेको ” बोलको लोकदोहोरी गीतलाई पृथिबी इन्टरटेनमेन्टले बजार ब्यबस्थापन गरेको हो | हाम्रो तर्फबाट गीतको सफलताको सुभकामना ।।
भिडियो हेर्नको लागि तल लिङ्क खोल्नु होला ।
[youtube https://www.youtube.com/watch?v=TBX3cdC5uak]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी