काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई काठ वितरण सुरु

काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई काठ वितरण सुरु

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, २५ जेठ । द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडले ललितपुरस्थित बालकुमारी डिपोबाट भूकम्पपीडितको घर निर्माणका लागि सहुलियत दरमा चिरान काठ उपलब्ध गराउन सुरु गरेको छ ।

‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ को परिच्छेद ५ को दफा ११ अनुसार काठ सहज रुपमा उपलब्ध गराई बिक्रीवितरण प्रक्रियालाई सहजीकरण तथा व्यवस्थापन गर्न समिति गठन गरी सो कार्य सुरु गरिएको हो ।

प्रतिघरपरिवारका लागि ५० क्युफिटसम्म चिरान काठ सहुलियत दरमा उपलब्ध गराउन सुरु गरेको द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने काठ व्यवस्थापन समितिमा स्थानीय विकास अधिकारी, जिल्ला वन अधिकृत, जिल्ला प्रहरी कार्यालयको प्रमुख, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको प्रतिनिधि, टिम्बर कर्पोरेसनको अधिकृत प्रतिनिधि सदस्य र जिल्ला वन अधिकृतले तोकेको सहायक वन अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

समितिले सम्बन्धित जिल्लाका भूकम्पपीडित परिवारलाई आवश्यक पर्ने काठको लगत तयार गरी वन विभागसँग काठ उपलब्ध गराउन अनुरोध गरेको महाप्रबन्धक लौडारीले बताउनुभयो । विभागले समितिको अनुरोधमा टिम्बर कर्पोरेसन वा जिल्ला वन पैदावर आपूर्ति समितिसँग समन्वय गरी काठ प्राप्ति, चिरानी र ढुवानी कार्यको व्यवस्था मिलाउने गरेको छ ।

समितिले काठको डिपो स्थापना गर्न स्थानको छनोट, डिपो स्थापना र डिपोको सञ्चालन तथा सुरक्षाको व्यवस्था मिलाउनुका साथै उपलब्ध गराइएका काठको सहीरुपमा उपयोग भए÷ नभएका सम्बन्धमा समेत अनुगमन गर्नेछ ।

घर निर्माणका लागि काठ आवश्यकपर्ने भूकम्पपीडितले नागरिकता, भूकम्पपीडित परिचयपत्र, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग भएको सम्भौता, जग्गा धनी प्रमाण पुर्जा, घर निर्माणको नक्सा र इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

सिफारिस भई आएका भूकम्पपीडितलाई कर्पोरेसनको बिक्री डिपो बालकुमारीले अग्रिम रुपमा निवेदकलाई टेलिफोन सम्पर्क गरी चिरान काठ लिन आउने दिन, समय तथा अन्य आवश्यक जानकारी उपलब्ध गराउने गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी