सेयर खरिदका लागि उत्साहित

सेयर खरिदका लागि उत्साहित

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

रसुवा, २४ जेठ । चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् ।

मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई एकलाख ८४ हजार ७२ कित्ता र जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि सोही बराबरको कित्ता छुट्टयाएको छ । गत जेठ १७ गतेदेखि सेयर बिक्रीको आह्वान गरेपछि सयेर भर्नेको सङ्ख्या बढ्दै गएको जनता बैंक धुन्चे शाखाका प्रमुख सुभाष पराजुलीले जानकारी दिनुभयो ।

धुन्चेस्थित जनता बैंक, स्याफ्रुबेँसीमा रहेको प्रभु बैंक, कालिकास्थानस्थित आइसिएफसी सहकारी र बेत्रावतीस्थित हिमालय बैंकबाट सर्वसाधारणले सेयर फारम भरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी