भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्षले माफी मागे

भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्षले माफी मागे

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

भक्तपुर २४ जेठ ।

भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आफूले भक्तपुरका पत्रकारलाई अभद्र व्यवहार गरेको स्वीकादैं कार्यक्रम स्थलमै माफी मागेका छन् ।

भक्तपुर अस्पतालले आज आयोजना गरेको एक कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारलाई अध्यक्ष खड्काले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिदैं बरिष्टहरु भनी होच्याँउनुका साथै विभिन्न खालका अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिप्रति पत्रकारले भत्सर्ना गर्दै सो कार्यक्रम नै बहिस्कार गरेका थिए ।

कार्यक्रम स्थलमा बसेका बाँकी पत्रकारहरुका समक्ष आफुले दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी मागेका थिए भने अस्पतालका प्रशासन प्रमुखले समेत अध्यक्षको गलत अभिव्यक्ति आएको स्वीकादैं उनले पनि असपतालका तर्फबाट क्षमा मागेका थिए ।

यस बिषयमा नेपाल पत्रकारर महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले आफूलाई विवादको बिषयम ापूर्ण जानकारी नभएको बताउँदै यदि अध्यक्ष खड्काले पत्रकारलाई अपहेलित गरेको भए त्यो दुःखद भएको बताएका छन् ।

समाचार संकलनका लागि पुगेका विभिन्न टेलिभिजन, र अनलाईनसँग आबद्ध पत्रकारहरुले कार्यक्रम समयमै शुरु गर्न आग्रह गर्दा उनले पत्रकारलाई होच्याउँदै विभिन्न खालका अभिव्यक्ति दिएका छन् । कार्यक्रममा गएका पत्रकारलाई अध्यक्ष खड्काले अभद्र व्यवहार गर्नुका साथै बरिष्ट भन्दै अपहेलित गरेका थिए । आफनो दायित्वबोध नगर्ने र कार्यक्रममा बोलाई सञ्चारकर्मीलाई अपहेलित गर्ने अध्यक्षको नियत र व्यवहार सुधार्न जरुरी रहेको एक पत्रकारको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी