प्रजातान्त्रिक विद्यार्थी आन्दोलनदेखि सिंहदरबारसम्म देउवाको चौथो यात्रा

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनदेखि सिंहदरबारसम्म देउवाको चौथो यात्रा

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

मुलुकको ४०औँ प्रधानमन्त्री बन्दै सिंहदरवार छिरेका काग्रेस सभापति शेरबहादुर देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको थियो ।
पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा सुपुत्रका रुपमा जन्मिएका देउवा अहिले भने काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीका स्थायी बासिन्दा हुनुहुन्छ ।
प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने देउवा खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय हुनुभएको थियो । उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका हो । राजनीतिाम सक्रिय भएपनि छोटो समयमा नै उहाँ नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वा्चित सभापति एवम् संस्थापक (२०२८ सालमा ) सदस्य हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वा्चित हुनुभएका उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।
विसं २०४८ मा गृहमन्त्री बन्नुभएका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।
प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याउनुभएको हो । त्यस्तै उहाँकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।
२०५९ जेठ ८ मा पहिलो पटक मुलुकको प्रधानमन्त्री भएका देउवाले पार्टीको निर्देशनविपरीत संकटकाल लम्बाउने निर्णय गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टी कारवाही समेत भोग्नु भएको थियो । सोही असन्तुष्टिपछि देउवा आफ्नै नेतृत्वमा २०५९ असोज ४ गते नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरी सभापति बन्नुभयो । यद्यपी २०६४ सालमा नेपाली कांग्रेससँग एकीकरण गर्दै देउवा दोस्रो मर्यादाक्रममा पुनः राष्ट्रिय राजनीतिको मूलधारमा फर्कनु भयो ।
विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभएको थियो । पार्टी सभापतिमा उम्मेद्वार बनेरपनि तात्कालिन सभापतिहरु गिरिजाप्रसाद कोईराला र सुशील कोईरालासँग पराजित देउवा कोईराला नेताको निधनपछि १३ औं महाधिबेसनबाट सभापतीमा निर्वा्चित हुनु भयो ।
सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्रा्ष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ ।
प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका देउवा कांग्रेस राजनीतिका एक प्रभावशाली व्यक्ति हुनुहन्छ ।
उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य हुनुहुन्छ । प्रधानमन्त्री देउवाका एक छोरा हुनुहुन्छ ।

पार्टी सञ्चालनमा आफ्नै नेताबाट बारम्बार आलोचना खेप्दै आएका देउवाले अझैपनि कतिपय बिभागलाई पूर्णता दिन नसकेपनि देउवाको काँधमा मुलुक सञ्चालन र माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गराउने जिम्मेवारी आएको छ । संविधानप्रति देखिएको असन्तुष्टि सम्बोधन गर्दै कार्यान्वयनका लागि देउवाको आगामी कदमले मुलुकको भबिश्य निर्धारण गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी