नमुना नेपाल प्रोजेक्टलाई २५ लाख सहयोग गर्ने अल्काको घोषणा

नमुना नेपाल प्रोजेक्टलाई २५ लाख सहयोग गर्ने अल्काको घोषणा

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ , जेठ २२ ।
अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनको तेस्रो परियोजना नमुना नेपाल निर्माणमा २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । राजधानीमा सोमवार आयोजित नमुना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दे अल्का अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजना निर्माणलाई २५ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो ।

नेपाललाई विश्व सामु चिनाउन धुर्मुस सुन्तली फाउण्डेसनले शुरु गरेको परियोजनालाई सफल बनाउने अभियान अन्र्तगत आफुले उक्त रकम सहयोग गर्न लागेको अध्यक्ष थापाले बताउनुभयो ।

“विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा हामीले थुप्रै सहयोगका कार्यक्रम गरिसकेका छौ” अध्यक्ष थापाले भन्नुभयो, “तर नेपाललाई विश्व सामु चिनाएर समग्र नेपालीको शिर उचो पार्ने यस महान अभियानलाई एक नेपालीको तर्फबाट सफल पार्ने प्रयास स्वरुप सहयोग गर्न पाँउदा खुसी लागेको छ । ” उक्त रकम फाउण्डेसनले माग गरे लगत्तै प्रदान गरिने थापाले बताउनुभयो ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोगको घोषणाप्रति धन्यवाद दिदै नमुना नेपालको परियोजनालाई सफल बनाउने अभियानमा उक्त रकमले ठुलो सहयोग पुग्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी