नवलपरासीको कुल रकममध्ये ८० दशमलव ८ प्रतिशत रकम खर्च

नवलपरासीको कुल रकममध्ये ८० दशमलव ८ प्रतिशत रकम खर्च

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

नवलपरासी, २२ जेठ । नवलपरासी जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा कुल बजेटमध्ये ८०दशमलव८ प्रतिशत रकम खर्च भएको छ ।

चालु आवको करिब ११ महिना बितिसक्दा नवलपरासीमा रहेको कुल बजेट रु छ अर्ब ५९ करोड ४० लाख एक हजार ८७० रकममध्ये जम्मा ८० दशमलव ८ प्रतिशत रकम खर्च भएको हो ।

असारमा मात्रै २० प्रतिशत रकम खर्च हुनुपर्ने देखिन्छ । जिल्लामा रहेको कुल बजेटमध्ये चालुगत रकमतर्फ जम्मा ८६ दशमलव ७ प्रतिशत र पुँजीगत रकमतर्फ जम्मा ४६ दशमलव ३ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसबारे जानकारीका लागि सो कार्यालयमा डिजिटल डिस्प्ले प्राणाली समेत जडान गरिएको छ । डिजिटल डिस्प्लेले कार्यालयका विभिन्न गतिविधि सर्वसाधारणसमक्ष सजिलै पु¥याउन तथा कार्यालयको कामलाई पारदर्शी बनाउन सहयोग मिल्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी