आज विश्व वातावरण दिवस, नेपालमा पनि मनाइदै

आज विश्व वातावरण दिवस, नेपालमा पनि मनाइदै

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ ,२२ जेठ ।
आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन ५ मा यो दिवस विश्वभर मनाइन्छ ।

दिवसको यो वर्षको विश्वव्यापी नारा म प्रकृतिसँगै छु भन्ने तय गरिएको छ । पर्यवरण प्रति राजनितिक र सामाजिक चेतना जगाउने उदेश्यले सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

सन् १९७२ जुन ५ देखि १४ सम्म आयेजित संयुक्त राष्ट्रसंघको वातावरण सम्बन्धी सम्मेलनले यो दिवसलाई मन्यता दिएपछि विश्वभर मनाउन सुरु गरिएको हो ।

नेपाल पर्यवरणीय दृष्टिले विश्वमै महत्वपूर्ण रहेकाले नेपालमा यो दिवसको सार्थकता अझै बढेको सरोकारवालाको भनाई छ ।

दिवसका अवसरमा पर्यवरणीय क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाले आज विविध कार्यक्रमको आयोजना गरेका छन् । प्रकृति र मानवबीच सम्बन्धलाई जिवन्त राख्न दिवसले महत्वपूर्ण अर्थ राख्ने वातावरण विदहरुको भनाई छ ।

यसैबीच दिवसका अवसरमा शुमकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन आह्वान गर्नुभएको छ ।

सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि उहाँले शुभकामना पनि व्यक्त गर्नुभएको छ । यस्तै मानिस प्रकृतिको संरक्षक र भक्षक दुवै रहेकाले प्रकृतिको संरक्षण र प्रयोगबिच सन्तुलन मिलाएर वातावरणको संरक्षण गर्नु पर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।

राष्ट्रसंघले यो वर्षको दिवसलाई दीगो विकास लक्ष्य २०३० सँग जोडेर मनाएको छ । जनचेतना र मानवीय वातावरणको सुधार वातावरणीय संरक्षणको मूख्य एजेण्डा रहेको भन्दै मानवीय क्रियाकलापलाई वातावरणमैत्री बनाउनु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ