काठमाडौं, जेठ २२ । भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजबाट सुनुवाई हुँदैछ ।
भरतपुर महानगरपालिका १९ नम्बर वडाका वडा सदस्य उम्मेदार गुञ्जमान बिक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले हिजो दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको थियो । रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको आरोप लगाउँदै निर्णय खारेजीको माग गरिएको छ ।