विज्ञान र प्रविधिको विकास आवश्यक : पूर्व प्रधानमन्त्री खनाल

विज्ञान र प्रविधिको विकास आवश्यक : पूर्व प्रधानमन्त्री खनाल

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २२ जेठ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको विकास भएमात्र देशको विकास हुने बताउनुभएको छ ।

क्यालिफोर्निया स्टेट युनिर्भसिटी, काठमाडौँ इन्टिच्युट अफ एप्लाइड साइन्सले ‘हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका अमेरिकन विद्यार्थीका लागि आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले लामो समयदेखिको अस्थिरताको युगलाई स्थानीय तहको निर्वाचनबाट समाप्त गरेको बताउनुभयो ।

क्यालिफोर्निया स्टेट युनिर्भसिटीका प्रा डा मोहनबहादुर डाँगीले मुलुकको विकासका लागि प्रविधिको विकास आवश्यक रहेको बताउनुभयो ।

सो कार्यक्रममा हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका आठ अमेरिकन तथा आठ नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ