भरतपुर घटनामा आयोगको निर्णय उपयुक्त : मन्त्री नायक

भरतपुर घटनामा आयोगको निर्णय उपयुक्त : मन्त्री नायक

  • आइतवार, जेष्ठ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपुर, २१ जेठ । कानूनमन्त्री अजयशंकर नायकले भरतपुर घटनाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय नै उपयुक्त भएको बताउँनु भएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले स्वतन्त्र र अधिकारप्रत्याभुत गरिएको निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताउनुभयो । उहाँले एमालेले पनि आयोगको निर्णय स्वीकानुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण भएकोले अहिले निर्वाचनमा पनि फेरी मतदान गर्दा कुनै शंका गर्न नहुँने बताउँदै एमालेले गरेको विरोध अर्थहिन भएको दाबी गर्नुभयो ।

मन्त्री नायकले आयोगले निर्णय गरी सकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र प्रधानमन्त्री चयन प्रक्रिया प्रभावीत बनाउन खोज्नु ठिक नभएको बताउँनुभयो ।

आयोगले गरेको निर्णय सबैले मान्नै पर्छ उहाँले भन्नुभयो एमालेले पनि नमान्ने भन्ने हुँदैन् यो बिषयमा एमालेको सोचमा परिवतन आउन जरुरी छ । प्रतिपक्ष दल एमालेले यसरी नै संसद अबरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाई हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन समेत प्रभावित हुने मन्त्री नायकले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ