प्रधानमन्त्री निर्वाचनका लागि आज मनोनयन दर्ता हुदै

प्रधानमन्त्री निर्वाचनका लागि आज मनोनयन दर्ता हुदै

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ, २० जेठ ।
मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको संसद् सचिवालयले जनाएको छ ।

संसदले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै अपरान्न साढे ४ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । नयाँ प्रधानमन्त्री चयनका लागि भोली बिहान ११ बजे मतदान हुनेछ ।

सत्तारुढ दलहरुसँग भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १० गते राजीनामा दिनु भएपछि मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो ।

यसैबीच नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । आज बिहान साँढे ११ मा संसद् भवन पुगेर देउवाले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ भने समर्थकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह रहेका छन् ।

प्रतिपक्षी एमालेका तर्फबाट भने पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उमेदवार बनाउने तयारी भएको जनाइएको छ । एमालेले आफ्ना माग सम्बोधन भएर निर्वाचन प्रक्रिया शुरु भए पार्टीका तर्फबाट गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने रणनीति बनाएको हो ।

प्रतिपक्षी एमालेको १ सय ८३ सहित संसदमा विपक्षी गठबन्धनको करिब २ सय सिट संख्या छ । यद्यपी वर्तमान गठबन्धनमा रहेका सबै दल नयाँ बन्ने सरकारमा पनि सहभागी हुने भएकाले देउवाको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ