आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा आयोगको हिरासतमा

आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा आयोगको हिरासतमा

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १९ जेठ । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ ।

कर निर्धारणका विषयमा छलफल गर्न आयोगले आज महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो ।

आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गर्नुभयो । ती अधिकारीले रासससँग कुरा गर्दै भन्नुभयो, “शर्मालाई आयोगले हिरासतमा राखेको छ । थप अनुसन्धानपछि मात्रै सबै विवरण सार्वजनिक गर्छौ ।”

कर फछ्र्यौट आयोगमार्फत विभिन्न व्यापारीलाई कर छुट दिएको भन्दै आयोगमा दर्जनौ उजुरी परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ