प्रधानसेनापति क्षेत्रीले दिए चेतावनी : सेना विखन्डनकारीको तमासा हेरेर बस्दैन्

प्रधानसेनापति क्षेत्रीले दिए चेतावनी : सेना विखन्डनकारीको तमासा हेरेर बस्दैन्

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

पोखरा, जेठ १९ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि नेपाली सेना जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनु भएको छ ।

पोखराको फूलबारी ब्यारेकमा शुक्रबार पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिनुभयो ।

उहाँले सेना सधैं संविधानले निर्दिष्ट गरेका मूल्य–मान्यतालाई आत्मसात् गरेर अगाडि बढिरहेको बताउनु भयो ।

मुलुकमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गराउन सेनाको ठूलो भूमिका रहेको चर्चा गर्दै प्रधानसेनापति क्षत्रीले दोस्रो चरणको निर्वाचनमा पनि सेनाको उत्तिकै महत्व रहने उल्लेख उल्लेख गर्नुभयो ।

कार्यक्रममा अवकाशप्राप्त सैनिकहरुलाई सम्मान गरिनुका साथै सैनिक कल्याणकारी कोषबाट सन्चालित विभिन्न कर्जाहरुसमेत प्रदान गरिएको थियो ।

त्यस्तै, विभिन्न घटनामा घाइते भएका तथा सैनिक परिवारमा आश्रित अपांगता भएका र असहायहरुलाई ह्वील चियरसमेत वितरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ