नवनिर्वाचित गाउँपालिका अध्यक्षले दिउँसै ‘रक्सी खाएर’ कार्यकक्षमै निदाएको फोटो भयो भाइरल

नवनिर्वाचित गाउँपालिका अध्यक्षले दिउँसै ‘रक्सी खाएर’ कार्यकक्षमै निदाएको फोटो भयो भाइरल

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ , १९ जेठ ।

जनताले आफ्नो अमूल्य भोट दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा राम्रो कामको सुरु गर्ने विश्वास हुनु स्वाभविकै हो । आफूले जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा चिन्ता होला भन्ने मतदातालाई लाग्छ । तर, एक जना नवनिर्वाचित गाउँपालिकाका अध्यक्षले मतदाताको आशा र अपेक्षामाथि गम्भीर घात गरेका छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले दिउँसै रक्सी खाएर आफ्नो कार्यकक्षमा सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको वालमा यो फोटो देखिन्छ । यही फोटोलाई हेरेर धेरैले जनताले राम्रो व्यक्ति चुन्न नसकेको प्रतिक्रिया दिएका छन् ।

उनी हुन् कालिकोटका जनप्रतिनिधि खडानन्द चौलागाई । कालिका गाउँपालिकाका अध्यक्ष चौलागाई आफ्नो कार्यालयभित्रै निदाएको फोटो भाइरल भएको हो । चौलागाइ नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।

फेसबुक प्रयोगकर्ताहरुले रक्सी खाएर चौलागाई दिउँसै कार्यकक्षमै निदाएको लेखेका छन् । चौलागाईले रक्सी खाए-नखाएको भन्न नसकिएपनि दिउँसै निदाएका भने पक्की हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ