दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा

दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ,१९ जेठ ।
आज जेठ १९, तत्कालिन राजा विरेन्द्रको वंश विनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ राति तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका दश जनाको हत्या गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्रसहत रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । आफूले रोजेको युवतीसँग बिबाह गर्न नपाएको भन्दै तत्कालिन युवराज दिपेन्द्रले सबैको हत्या गरेको बताइएको थियो ।

यद्यपी स्वतन्त्र ढङ्गले घटनाको छानबिन हुन नसकेकाले हत्याबारे आम जनतामा अनेकौ आशंका कायमै छन् । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश तथा सभामुखको नेतृत्वमा छानविन गरेपनि त्यसले तथ्य बाहिर ल्याउन सकेन ।

विरेन्द्रको वंश नाश भएपछि राजा बनेका ज्ञानेन्द्र शाहले पछि राज्य सत्ता हातमा लिएका थिए । १९ दिने जनआन्दोलनपछि २०६३ मा ज्ञानेन्द्रलाई सत्ताबाट हटाएपछि नेपालमा राजतन्त्रको विधिवत रुपमा अन्त्य भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ