नक्कली भ्याट बिल बेच्ने फर्ममाथि राजस्वको छापा, फँस्दैछन् ठूला उद्योगहरु

नक्कली भ्याट बिल बेच्ने फर्ममाथि राजस्वको छापा, फँस्दैछन् ठूला उद्योगहरु

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं । राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगञ्ज आदर्शनगरस्थित एक अडिट फर्ममाथि छापा मारी कागजातहरु बरामद गरेको छ । प्रदीपकुमार बर्माले दर्ता गरेको उक्त व्यक्तिगत अडिट फर्मले करिब २ सय करोड बराबरका नक्कली भ्याटबिलहरु ठूला उद्योगहरुलाई बिक्री गरेको आरोपमा विभागले जेठ १४ गते छापा मारेको थियो । उक्त फर्मबाट कागजातहरु बरामद गरी विभागमा ल्याईएको छ ।
व्यक्तिगत रुपमा लाईसेन्स लिई बर्माले अडिट फर्म खोलेका थिए । उक्त फर्ममा लेखा परीक्षक (अडिटर) हरु सन्तोष श्रीवास्तव, दीपक श्रीवास्तव र राजेश श्रीवास्तव कार्यरत छन् । विभागले छापा मारी कागजातहरु बरामद गरेपनि बर्मा सहित दुई जना लेखा परीक्षकहरु दीपक श्रीवास्तव र राजेश श्रीवास्तव फरार भएका छन् । तर राजस्वको टोलीले सन्तोष श्रीवास्तव र कर्मचारी राजु बैठालाई भने पक्राउ गरेको छ ।
बर्माको उक्त फर्मले नेपालका ठूला उद्योग र हाईड्रोपावर कम्पनीहरुलाई नक्कली भ्याट बिल बेच्ने गरेको बताईएको छ । ती तिनै जना लेखापरीक्षकहरुले गाउँका सोझा साझा गरीब व्यक्तिहरुलाई प्रलोभनमा पारी कम्पनी खोलिदिने गरेको र ती कम्पनीकै भ्याटबिलहरु ठूल ठूला उद्योगहरुलाई बेच्ने गरेको आरोप लगाईएको छ । यसरी भ्याटबिल बेचे बापत पाँच प्रतिशत कमिशन लिने गरेको बताईन्छ ।
राजस्व अनुसन्धान विभागले के कस्ता उद्योग र हाईड्रोपावर कम्पनीहरुले उक्त नक्कली भ्याटबिलहरु खरिद गरेका छन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । त्यस्ता उद्योगहरुले सामान खरिद नगरी भ्याटबिलहरु मात्रै खरिद गर्ने गरेकाले अर्बौं राजस्व गुमिरहेको विभागका अधिकारीहरुको भनाई छ ।
राजस्वका एक अधिकारीले भने, “यो ठूलो आर्थिक अपराध हो । यस विषयमा सुक्ष्म अध्ययन भईरहेको छ । अधिकांश ठूला कम्पनीहरुको संलग्नता बारे अनुसन्धान भईरहेकाले अहिले सबै कुरा बाहिर ल्याउन मिल्दैन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी