काठमाण्डौ ,१५ जेठ ।
निर्वाचनपछि अधिकारसम्पन्न भएका स्थानीय तहमा सरकारले प्रयाप्त बजेट छुट्याएको छ ।
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहका लागि १० करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म बजेट छुट्याएको बजेट बक्तव्यमार्फत जानकारी गराएका छन् ।
सरकारले गाउँपालिकाका लागि १० करोडदेखि ३९ सम्म, नगरपालिकाका लागि १५ देखि ४३ करोड, उपमहानगरपालिकामा ४० देखि ६३ करोड र महानगरपालिकामा ५६ करोडदेखि १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरूका लागि पर्याप्त बजेटको विनियोजन गरिएको छ ।
काठमाडौं तराई द्रुत मार्गका लागि १० अर्व १४ करोड रुपैयाँ बिनियोजन गरिएको छ । सिमरा, भैरहवा र पोखरा विमानस्थलका लागि १३ अर्व ७३ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
माथिल्लो तामाकोशीका लागि ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्व १७ करोड विनियोजन गरिएको छ । उत्तर दक्षिण लोकमार्गलाई २ अर्ब ३ करोड विनियोजन गरिएको छ ।
डोल्पालाई एक वर्षभित्र सडक सञ्जालमा जोड्ने । पूर्व पश्चिम रेलका विस्तृत परियोजना प्रतिवेनदन तयारी गरिने, यसका लागि ४ अर्ब २ करोड विनियोजन गरिएको छ ।
मेलम्चीबाट दैनिक ७१ करोड लिटर पानी काठमाडौं ल्याउने । यसका लागि ६ अर्ब ५७ करोड विनियोजन । राष्ट्रपति चुरे संरक्षण आयोजनाका लागि १ अर्व ९३ करोड बिनियोजन गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजना
माथिल्लो तामकोशी आगामी वर्षभित्र सकिने ४५६ मेगावाटको लागि ५० करोड बुढगण्डकीको लागि १० अर्व १७ करोड
सिक्टा सिँचाइ २ वर्षभित्र सक्ने, ५ अर्व १६ करोड
हुलाकी राजमार्गको लागि ४ अर्ब २७ करोड विनियोजन
कालिगण्डकी करिडोर, उत्तरदक्षिण लोकमार्गको लागि २ अर्व ३ करोड
हुम्लामा र डोल्पामा सडक जोड्न ३० करोड
४ अर्व ३ करोड मध्यपहाडी
रेलमार्गको लागि ४ अर्व २ करोड
पशुपती र लुम्बिनी र गुरुयोजनाको लागि १ अर्व १६ करोड
राष्ट्रपति चुरो संरक्षण १ अर्व ९३ करोड