भूकम्पबाट क्षतिग्रस्त ८ लाखमध्ये ४४ हजार घरको पुनःनिर्माण सुरु

भूकम्पबाट क्षतिग्रस्त ८ लाखमध्ये ४४ हजार घरको पुनःनिर्माण सुरु

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, १४ जेठ । भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार २६८ ले घरको जग निर्माण गरी दोस्रो किस्ताको रु एक लाख ५० हजार माग गर्दै निवेदन दिएका छन् । यसमध्ये सात हजार ७५९ घर सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका इन्जिनियरले प्रमाणित गरेका छन् ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी छ लाख २६ हजार ६९५ लाभग्राही सर्वेक्षणबाट पहिचान भएका थिए । यसमा गुनासो सम्बोधनबाट २७ हजार २१८ लाभग्राही थपिए । यसरी कुल छ लाख ५३ हजार ९१३ लाभग्राही अति प्रभावित १४ जिल्लामा पहिचान भएका छन् ।

यसमध्ये पाँच लाख ५४ हजार ६१४ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । एक हजार ४३८ घरधनीले दोस्रो किस्ताको रु एक लाख ५० हजार बुझेको सर्वेक्षणमा उल्लेख गरिएको छ । भूकम्पबाट कम प्रभावित १७ जिल्लामा ‘भेरिफिकेसन मोडेल’ बाट सर्वेक्षण अन्तिम चरणमा पुगेको छ ।

चालु आवको फागुन मसान्तसम्म स्थानीय तहमा दुई लाख पाँच हजार ३३५ गुनासा दर्ता भएका छन् । दर्ता भएको गुनासामध्ये ९३ हजार ३७४ अर्थात् ४५ प्रतिशत फछ्यौट भएका छन् । बाँकी गुनासा फछ्यौटको चरणमा छ ।

भूकम्पबाट अति जोखिमयुक्त ४७५ बस्तीमध्ये २०० बस्तीको अध्ययन गरी १११ बस्ती स्थानान्तरणका लागि सिफारिस गरिएको छ । निजी आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २३ प्रकारका घरका नमुना स्वीकृत गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आठ हजार ८९१ व्यक्तिको मृत्यु भएको थियो । बाइस हजार ३०२ जना घाइते भए । हजारौँ सरकारी भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्था, ग्रामीण सडक, पुल, खानेपानी, विद्युत् उत्पादन गृह जस्ता भौतिक संरचना एवम् कृषि जमिन र पर्यटकीय पदमार्गमा समेत क्षति पुगेको छ ।

प्राधिकरणले गरेको विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदनमा यी सबै संरचना पुनःनिर्माणका लागि रु नौ खर्ब ३७ अर्ब ७४ करोड लाग्ने अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी