एनसिएम मर्चेण्ट बैंकिङ बन्यो सनराइज क्यापिटल

एनसिएम मर्चेण्ट बैंकिङ बन्यो सनराइज क्यापिटल

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, जेठ ११ ।

सनराइज बैंक लिमिटेडले प्राप्ति गरेको एनआईडिसी क्यपिटल मार्केटस लिमिटेडको सहायक कम्पनी एनसिएम मर्चेण्ट बैंकिङ्गको नाम परिवर्तन भएको छ । सनराईज बैंकले प्राप्तिपछि कम्पनीको नाम सनराइज क्यापिटल लिमिटेड भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समिति वैठकले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले हाल मर्चेन्ट बैंकिङ्ग कार्य अन्तर्गत शेयर निष्काशन तथा बिक्री प्रबन्धन, शेयर रजिष्ट्रार तथा शेयर प्रत्याभुति लगायतका मात्र कार्य गर्दै आएको थियो ।

अब निकट भबिष्यमा पोर्टफोलियो ब्यवस्थापन गर्ने तथा सामुहिक लगानी कोष संचालन गर्ने उद्देश्यले कम्पनीको पूँजी संरचनालाई संशोधन समेत गरिएको छ ।

कम्पनीको जारी पूँजी २० करोड र चुक्ता पूँजी १० करोड कायम गरिएको छ । कम्पनीको अध्यक्ष सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी