काठमाडौँ, ११ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सिञ्चित क्षेत्र विस्तार गरी वर्षैभरि सम्पूर्ण कृषियोग्य भूमिमा सिँचाइ सेवा उपलब्ध गराउन सिँचाइका सम्भाव्य सबै प्रविधि र प्रणालीको विकास एवम् व्यवस्थापन गर्ने बताउनुभएको छ ।
राष्ट्रिय गौरवका आयोजनालगायत ठूला तथा मझौला कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने, जलउत्पन्न प्रकोप व्यवस्थापन गर्न जोखिमयुक्त ठूला र मझौला पहिरो नियन्त्रणका कार्यक्रमलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, नहर प्रणालीको सम्भार, पुनःनिर्माण तथा मर्मतलाई जोड दिने पनि राष्ट्रपति भण्डारीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline