काठमाण्डौ ,९ जेठ ।
सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तरगत रहेको बुढीगण्डकी परियोजनालाई अगाडि बढाउने सैद्धान्तिक सहमती प्रदान गरेको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले बूढीगण्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएकोे सरकारका प्रवत्ता तथा सन्चारमन्त्री सुरेन्द्र कार्कीलेले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय समाचार समितिका महाप्रवन्धकमा उपेन्द्र शर्मालाई नियुक्त गरेको छ । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो ।
त्यस्तै बाणिज्य मन्त्रालय अन्तरगत रहेको निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियक्त गरेको पनि कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिंचाउनुभएको थियो ।