मैलुङ आयोजनाले प्रभावितलाई साधारण सेयर दिने

मैलुङ आयोजनाले प्रभावितलाई साधारण सेयर दिने

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ८ जेठ । रसुवा जिल्लामा आयोजनास्थल रहेको मैलुङ खोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रवासीका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ ।

आज सार्वजनिक सूचनामार्फत कम्पनीले रु १०० दरका तीन लाख ६८ हजार १४४ कित्ता सेयर प्रभावित क्षेत्रका नागरिकलाई बिक्री गर्न लागेको जनाएको छ । आयोजनाबाट प्रभावित रसुवाका तत्कालीन हाकु, डाँडागाउँ र राम्चे गाविसवासी तथा जिल्लाका बाँकी भागका बासिन्दालाई आधा आधा हिस्साका दरले सेयर दिइने कम्पनीले जनाएको छ ।

कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाले २०७१ सालदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि ‘गोरखा भूकम्प’का कारण क्षति पुगेपछि उत्पादन रोकिएको थियो । पुनःमर्मत सम्भार गरेर गत भदौदेखि पुनःउत्पादन सुरु भएको छ । कम्पनीको चुक्ता पुँजी रु ३६ करोड ८१ लाख ४३ हजार छ । त्यसमा प्रवद्र्धकको ७० प्रतिशत हिस्सा छ । बाँकी २० प्रतिशत सर्वसाधारण र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गर्न लागिएको हो ।

आयोजना प्रभावितको सेयर बाँडफाँडपछि लगानीकर्तालाई सेयर जारी गर्ने कम्पनीको तयारी छ । निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम ५० देखि अधिकतम एक हजार ८४० कित्तासम्म आवेदन दिन पाउनेछन् । सेयर भर्न चाहनेले रसुवास्थित जनता बैंक धुन्चे, प्रभु बैंक स्याफ्रुबँेसी, आइसिएफसी फाइनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावती र मैलुङ खोला जलविद्युत् कम्पनीको कार्यालय डाँडागाउँमा सेयर आवेदन दिन सकिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी