आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित

आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित

  • आइतवार, जेष्ठ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ७ जेठ । सरकारले आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्रीे निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

“नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र अरू दैनिक कामका लागि बजेट छुट्याइन्छ”, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनुुभयो ।

आंशिक बजेटअन्तर्गतको सो नीति तथा कार्यक्रम यही जेठ १० गतेभित्र नै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद्मा पेस गर्नुहुने मन्त्री कार्कीको भनाइ छ ।

सरकारका प्रवक्ता कार्कीले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनः संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो । “बजेटबारेमा नेकपा (एमाले) लगायत प्रतिपक्ष दलका केही असहमति छन्,उहाँले भन्नुभयो–“हामी त्यस बारेमा निरन्तर अन्तरसंवादमा छौँ, हिजो (शनिवार) मात्रै तीन प्रमुख दल बीचमा छलफल भएको छ, छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी