काठमाडौं ।
एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु(म्याकबुक्स, आइप्याड एयर) को एक मात्र बितरक जेननेक्स्टले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ । यो ग्राहकहरुका लागि आइफोन किन्ने सबैभन्दा उपयुक्त समय हुनसक्दछ । जो लामो समयदेखि आइफोन किन्ने चाहना राखिरहेका थिए उनीहरुले अब उत्कृष्ट मूल्यमा आइफोन किन्न सक्ने भएका हुन् ।
आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६,०००, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९,८००, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य रु.१,१२,००० तोकिएको छ । त्यसैगरि आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.१,०५,०००, आइफोन सेभेन प्लस १२८जीबीको मूल्य रु.१,१९,०००, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.१,३२,००० तोकिएको छ । यसैगरि, आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य रु.६८,०००, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य रु.७८,०००, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य रु.५२,५०० तोकिएको छ ।
– आइफोन सेभेन तथा आइफोन सेभेन प्लसमा १ जीबीको एनसेल डाटा ६ महिनासम्म मासिकरुपमा ।
– आधिकारिक खरिद गरौं ।
– जेननेक्स्टको होलोग्राम सबै बक्समा हेर्नुहोस् ।
– आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, एपेक्स, क्वालिटी कम्प्यूटर (बिर्तामोड, झापा), कम्प्यूटर सेल्स सेन्टर(बुटवल, रुपन्देही), हिमालयन अफीस अटोमेसन(पोखरा, कास्की) ।
आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य रु.७२,८०० र आइप्याड प्रो ९.७ स्मार्ट की बोडको मूल्य रु.१७,५०० तोकिएको छ । सबै आइफोनहरु विशेष अफरमा उपलब्ध छन, जसमा आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध छ ।
सि.न.: उत्पादनहरु उपलब्ध रंग मूल्य रु.
१ आइफोन ७३२जीबी ब्ल्याक ८६०००
२ आइफोन ७१२८जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक, रेड ९९८००
३ आइफोन ७२५६जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक ११२०००
४ आइफोन ७प्लस ३२जीबी – १०५०००
५ आइफोन ७प्लस १२८जीबी ब्ल्याक, जेट ब्ल्याक, रेड ११९०००
६ आइफोन ७प्लस २५६जीबी – १३२०००
७ आइफोन ६ ६४जीबी गोल्ड, स्पेस ग्रे ६८०००
८ आइफोन ६ १२८जीबी गोल्ड, स्पेस ग्रे ७८०००
९ आइफोन एसई ६४जीबी गोल्ड, रोज गोल्ड ५२५००
१० आइफोन ६एस ३२जीबी गोल्ड, रोज गोल्ड, स्पेस ग्रे ७२८००
११ आइप्याड प्रो ९.७ स्मार्ट की बोर्ड १७५००
सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गर्दछ । हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, एपेक्स, क्वालिटी कम्प्यूटर (बिर्तामोड, झापा), कम्प्यूटर सेल्स सेन्टर(बुटवल, रुपन्देही), हिमालयन अफीस अटोमेसन(पोखरा, कास्की) बाट मात्र खरिद गर्नुहोस र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्नुहोला । ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा धधध।नलभहतअयm।अयmरअजभअप(कभचखष्अभ(तबन गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।
सबै ग्राहकले कृपया एप्पलका सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गर्नुहोस् र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउनु होस् साथै सुनिश्चित हुनुहोस् भन्ने हाम्रो आग्रह रहेको छ । थुप्रै फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन, तर त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । एप्पलका प्रयोगकर्ताहरुलाई अनुरोध छ की सक्कली उत्पादनहरु मात्र खरिद गरौं र अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहौं । कृपया अनधिकृत रुपमा आयातित फोनहरु खरिद नगरौं । नेपाल दूरसंचार प्राधिकरणले (एनटिए) त्यस्ता फोनहरु कुनैपनि बेला ब्लक गर्न सक्दछ भने फोन कलको गुणस्तर पनि न्यू्न हुन्छ । बितरकहरुले आयात गर्नुभन्दा पहिले नै एनटिएलाई बुझाएको आईएमईआई नम्बर दर्ता भएका फोनहरुले मात्र काम गर्नेछन् ।