काठमाडौं, जेठ ४ ।
साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा एक हजारले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ भने प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४७ रुपैयाँ ५० पैसा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline