बसपार्क नहुँदा पर्यटनका सवारी साधनलाई समस्या

बसपार्क नहुँदा पर्यटनका सवारी साधनलाई समस्या

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ३ जेठ । हजारौँ पर्यटकलाई दैनिक ओहोरदोहोर गराउने सवारी साधनलाई पार्किङका लागि छुट्टै पार्क नहुँदा समस्या परेको छ ।

काठमाडौँ– पोखरा, काठमाडौँ– सौराहा र काठमाडौँ– लुम्बिनी चल्ने पर्यटनका सवारी साधन पार्किङ गर्ने बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नु परेको परेको हो ।

टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्य मुलुकमा पर्यटकको विकास गर्नका गर्ने हो भने पर्यटनका सवारी साधनका लागि छुट्टै बसपार्क बनाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालमा पर्यटनको विकास गर्ने हो भने वसपार्क लगायतका पूर्वाधारको विकास हुनुपर्छ ।”

उहाँले काठमाडौँको मुख्य क्षेत्र ठमेल पर्यटकको मुख्य गन्तव्य भएकाले त्यस क्षेत्र वरपर बसपार्कका लागि कुरा गरेपनि काठमाडौँ महानगरपालिकाले बेवास्था गरेको गुनासो गर्नुभयो । कान्तिपथबाट बिहान पोखरा, चितवन र लुम्बिनीका लागि पर्यटका बस छुट्ने समयमा सवारी जामसमेत हुने गरेको छ ।

पर्यटनको विकासका लागि एसोसियसनले काठमाडौँदेखि जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागेपनि पार्किङका लागि पूर्वाधारको विकास नहुँदा समस्या परेको हो । काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल एक सयभन्दा बढी सवारी साधनले सेवा दिइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी