के एल दूगड ग्रुपको ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु बजारमा

के एल दूगड ग्रुपको ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु बजारमा

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ ।
लोकप्रिय ब्राण्ड ज्ञान चक्की आटाका उत्पादक के एल दुगड ग्रुपले मेज आटा (मकैको आटा ), मेज ग्रिट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा उपलब्ध भएको छ । यी उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा ५ केजी र २ केजी प्याकमा उपलब्ध छन् ।
ज्ञान मेज आटा
ज्ञान मेज आटा उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको पहेँलो र सेतो मकैको दानाबाट बन्दछ जसलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिन्छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठाहराएका छन् । ज्ञान मेज आटा फाइबर तथा प्रोटिनले भरिपुर्ण रहेको हुन्छ । यसमा न्यून फ्याट तथा सोडियम छ भने यो सलुटोन रहित हुन्छ । यसमा भएका पोषकतत्वहरु मुटुको लागि लाभदायक हुन्छ । चामल र गहुँको पिठोपछि सबैभन्दा धेरै उपभोग गरिने मेज आटा तेस्रो नम्बरको खाद्यान्न हो ।
ज्ञान मेज ग्रिट (मकैको च्याख्ला)
ज्ञान मेज ग्रिट एउटा स्वस्थ्य उत्पादन हो, जून उत्कृष्ट मकैबाट निकै स्वस्थ्य वातावरणमा उच्च स्तरीय उत्पादन यूनिटमा तयार गरिन्छ । यो उत्पादनमा मकैको निकै नै उत्कृष्ट स्वाद हुन्छ । यो फ्याट, सोडियम, सलुटोन रहित हुन्छ भने यसमा पाच्य फाइबर पनि रहेको हुन्छ । ज्ञान मेज ग्रिट स्वादिलो खाजाको रुपमा प्रयोग गर्न सकिन्छ वा यसलाई तरकारीहरुका साथमा मुख्य खानाको रुपमा प्रयोग गर्न सकिनुका साथै यसलाई अन्य डिसहरु बनाउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।
ज्ञान प्रिमियम लिटो
ज्ञान प्रिमियम लिटो ठोस सुदृढ पदार्थको रुपमा पहिले नै पकाईएको गहुँ, चामल, भटमासको समिश्रणबाट उत्पादन गरिएको हुन्छ, जसमा धुलो दुध, चिनी, मकैको तेल र १६ प्रकारका भिटामीनका साथै सुक्ष्म पोषकतत्वहरु सहितको ठोस पदार्थ मिसाईएको हुन्छ । यो स्वस्थ्य, पोषक र स्वादिष्ट उत्पादन ६ महिना भन्दा माथिका केटाकेटीहरुलाई घोलेर खुवाउन सकिन्छ । यो कुपोषण भएका र माइक्रोन्यूट्रिसनको अभावबाट प्रभावित भएका मानिसहरुलाई पनि खुवाउन सकिन्छ ।
के एल दूगड ग्रुप उच्च गुणस्तरको उत्पादनहरु उच्चस्तरको प्रविधिबाट निकै स्वच्छ कार्य वातावरणमा उत्पादन गर्न प्रतिबद्ध छ, यसले उपभोक्ताहरुका साथसाथै कारखानामा कामगर्ने कामदारहरुको स्वस्थतालाई पनि सुनिश्चित गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी