काठमाणडाै ।
कोका–कोलाका क्याटोगरी मार्केटिंग एण्ड कर्पोरेट ब्राण्ड निर्देशकसुजथा भी कुमारले एपेक्स कलेजका व्यवस्थापन विषयका विद्यार्थीहरुलाई ‘मार्केटिंग टू दि मिलेनियल जेनेरेसन टचिंग अन ट्रूथ इन दि एज अफ सोसियल मिडिया’ विषयक व्यवहारिक सेसनलाई २०७४ वैशाख २२ गतेशुक्रबार सम्बोधन गर्नुभयो । यो सेसन करिब १.५ घण्टा संचालन भएको थियो जहाँ ७० भन्दा बढि विद्यार्थीहरु सहभागी थिए ।
अहिलेको पुस्ताका त्यस्ता व्यक्ति जो समाजमा युवाहरुको प्रतिनिधित्व गर्दछ र प्राविधिक ज्ञानयुक्त, आत्मसात तथा स्वतन्त्र उत्प्रेरकको भूमिकामा देखिन्छ त्यस्ता व्यक्तिहरुलाई प्रतिबिम्बित गर्दछ ।यसको अर्थ यो हो की यो समूहका कुनैपनि सदस्यहरुमा उपयोगी हुनसक्दछ, एकजनाले अन्य पुस्ताहरुमा पनि यस्तै समान गुणहरु हुनुपर्दछ भन्ने धारणा सजिलै राख्दछ । हामीमध्ये अधिकांशले यो सोच्ने गरेका छौंकी अहिलेका बालबालिकाहरु अत्याधुनिक प्रविधिसँग रमाईरहेका मात्र हुँदैनन् की उनीहरु त्यसको सबै विशेषताहरुसँग पनि चिरपरिचित हुन्छन् । उहाँले ग्राहकहरुको व्यवहारमा अधिकतम प्रभाव पारेका अनलाइन तथा अफलाइन कोका–कोला अभियानको बारेमा विस्तृतरुपमा जानकारी दिनुभयो । यसका साथै उहाँले बजारीकरण र व्यवस्थापनमा पछाडि फर्केर अगाडि बढने कार्य–पुनरावलोकन तथा संभावनाको महत्वको बारेमा पनि जानकारी दिनुभयो ।कोका–कोला १३१ वर्ष पुगेको छ, यसबाट बुझनुपर्ने एउटा महत्वपूर्ण विषय भनेको विज्ञापन तथा बजारीकरणले सहिरुपमा काम गरिरहेको छ । कोकले आफ्ना उपभोक्ताहरुको दैनिक क्षणहरुलाई एक आपसमा गहिरोगरी जोड्ने कामको विकास गरीरहेको हुन्छ ।
उहाँले भन्नुभयो, ‘डिजिटल अवरोधहरु आईरहँदा कुनैपनि मिडिया रणनीतिबाट सामाजिक संजाललाईअलग्गै राख्न सकिँदैन् । अधिकांश समय अहिलेको पुस्ताका युवाहरु कुनै न कुनै रुपमा सानो वा ठूला डिभाईसहरुका साथमा अनलाइन भईरहेका छन् र हामी उनीहरुसँग आबद्ध हुनका लागि कुनैपनि माध्यमबाट संभावित अनलाईन अभियानहरु संचालन गर्दछौं ।’
यस सेसनमा सहभागी मध्येकी एक विद्यार्थी पुजा खनालले भन्नुभयो,‘सुजथा कुमारले बाँड्नुभएको कोका–कोला अभियानको दृष्टिकोण र भित्री पक्षले हामीलाई ब्राण्ड बिकास भईरहेको बेलाको स्पष्ट दृष्टिकोण दिन्छ । जसले केबल बिक्री मात्र नभएर उपभोक्ताहरुको भावनासँग सहिरुपमा अन्तरक्रिया गर्नुपदछ भन्ने सिकाउँछ ।भारत र पाकिस्तानका बिचमा रहेको पर्खाल भत्काउन प्रयोग गरिएको कोकाकोलाको ‘स्मल वल्र्ड मसीन्स्’ सिर्जनात्मक विज्ञापनबाट म प्रभावित भएको छु,जसले ती दुई देशहरुबिचमा निकै कठिन समयमा पनि सामान्य तरिकाले खुशीकाक्षणहरु सिर्जना गरेको थियो ।’
उहाँलेसेसनको समापन गर्दै ब्राण्डसँग आबद्ध हुने सफल र व्यवहारिक दृष्टिकोणका लागि सशक्त सल्लाह दिनुभयो । जसमा उहाँले बजारीकरण योजना तयार पार्ने बेलामा नै ग्राहक केन्द्रित दृष्टिकोणलाई गहिराईमा राखेर काम गर्नुपर्ने बताउनुभयो । कोका–कोला अझै धेरै कलेजहरुसम्म पुग्ने र उनीहरुलाई यस्ता किसिमका अन्तरक्रियाहरुका लागि आव्हान गर्दछ । यस्तो कार्यले कम्पनीलाई युवा उपभोक्ताहरुसम्म पुग्ने अवसर दिन्छ साथै कम्पनीका आधिकारीहरुसँग सिधै अन्तरक्रिया गर्ने अवसर पनि सिर्जना गर्दछ ।