कैलालीमा कृषि क्याम्पस स्थापनाको पहल

कैलालीमा कृषि क्याम्पस स्थापनाको पहल

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

धनगढी, १ जेठ । कैलालीको गौरीगङ्गा नगरपालिकामा स्नातक तह विज्ञान सङ्काय (बिएस्सी एजी) स्तरको कृषि क्याम्पस स्थापनाको पहल थालिएको छ ।

‘भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स’ क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत सुरु गरिएको भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स प्रालिका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो ।

देश सङ्घीयतामा गइसकेको अवस्थामा परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई वैज्ञानिक व्यावसायिकीकरण गर्दै ७ नं प्रदेशको विकासमा टेवा पु¥याउन योग्य कृषि विशेषज्ञ उत्पादन गर्ने लक्ष्यका साथ क्याम्पस स्थापनाको पहल थालिएको उहाँले बताउनुभयो ।

“कृषि उत्पादनको दृष्टिमा कैलालीको जग्गा उर्वर भएको भए पनि अझैसम्म परम्परागत खेती प्रणाली भइरहेका कारण कृषिको उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन,” रिजालले भन्नुभयो ।

उन्नत कृषि प्रणाली, पशुपालन, मौसमी तथा बेमौसमी खेतीका बारेमा पठनपाठन गर्ने व्यवस्थासहित योग्य कृषि विशेषज्ञ जनशक्तिको उत्पादन गर्न क्याम्पस स्थापना गर्न लागिएको हो । निकट भविष्यमा सञ्चालनमा आउने सो क्याम्पसको लागत करिब रु दुई करोड रहेको छ । क्याम्पस स्थापनाका लागि आठ बिगाहा जग्गा आवश्यक पर्नेमा हाल तीन बिगाहा जग्गा खरिद गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी