मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सारडा चयन

मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सारडा चयन

  • शुक्रबार, बैशाख २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

मोरङ, बैशाख २९ ।
मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सांसद पवनकुमार सारडा चयन भएको छ । ३१ औँ कार्य समितिका पदाधिकारीले बिहीबार साँझ सारडालाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् ।

सल्लाहकारमा अविनाश बोहरा, वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, वाणिज्य क्षेत्रको उपाध्यक्षमा सुशीलकुमार जोशी, उद्योग क्षेत्रको उपाध्यक्षमा सुनिल टिवडेवाला, महासचिवमा नवीन रिजाल, सचिवमा अनिलकुमार साह र प्रवक्तामा विकासकुमार लालवानी चयन भएका हुन् ।

यसैगरी, कार्यकारिणी सदस्यहरूमा अनुपम राठी, अनिल सारडा, दीपेश सुवेदी, पवन राठी, देवाशीष गोल्छा, ललित बोहरा, मुकेशकुमार राठी रहेका छन् । अन्य सदस्यमा पियुष तोदी, मनिषकुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार विडला र ओमप्रकाश श्रेष्ठ रहेका छन् ।

यसअघि पाँच दिनअघि व्यापार सङ्घको कार्यकारिणी सदस्यका लागि चुनाव भएको थियो । सो चुनावमा सांसद पवनकुमार सारडा पक्षका बहुमत व्यापारीले कार्यकारिणी सदस्य जितेका थिए ।

सो चुनावमा अध्यक्षका अर्का दावेदार राजेन्द्र राउत आफूसहित कार्यकारिणी सदस्य पदमा पराजित भएका थिए । व्यापार सङ्घका कार्यकारी सदस्यमा जुन पक्षले बहुमत ल्याउँछ त्यो पक्षले नेतृत्व चयन गर्ने प्रावधानअनुरुप पवन सारडा अध्यक्षमा चयन भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ