उपत्यकामा खुल्ला क्षेत्र नमास्न प्राधिकरणको निर्देशन

उपत्यकामा खुल्ला क्षेत्र नमास्न प्राधिकरणको निर्देशन

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २६ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि उपत्यकामा खुल्ला क्षेत्र राख्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाभित्र खुल्ला क्षेत्रको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्राधिकरणले उपत्यकाभित्रका सार्वजनिक, सरकारी तथा अर्धसरकारी स्वामित्वमा रहेका जग्गा कुनै संंस्थालाई हस्तान्तरण गर्न वा भाडामा नदिन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो ।

“प्राधिकरणले यसअघि नेपाल सरकारले गरेको निर्णयलाई लागू गराउन पहल गरेको हो, राजधानीका विभिन्न स्थानमा सरकारी, अर्धसरकारी र सार्वजनिक जग्गालाई व्यापारिक प्रयोजनका लागि भाडामा दिने प्रवृत्ति बढेको छ, यसलाई रोक्न यस्तो निर्णय गरिएको हो”, उहाँले भन्नुभयो ।

सरकारले २०६९ फागुन १४ गते विपद्को समयमा तत्काल शिविर खडा गरी पीडितलाई मानवीय सहयोग, उचित सुरक्षा तथा राहत एवम् उद्धार कार्य सञ्चालन गर्न उपत्यकाका तीन जिल्लाका ६८ स्थानलाई खुल्ला क्षेत्र घोषणा गरेको थियो । तीमध्ये ललितपुरमा १९, काठमाडौँमा ३० र भक्तपुरमा १९ खुल्ला क्षेत्र छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल भूकम्पजस्ता प्राकृतिक विपद्बाट बच्न उपत्यकामा खुल्ला क्षेत्र कायम गराउने उद्देश्यले मन्त्रालयलाई सरकारले गरेको पूर्वनिर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको बताउनुहुन्छ ।

सरकारले गरेको निर्णयमा घोषणा गरिएको खुला क्षेत्रमा भौतिक संरचना निर्माण गर्न आवश्यक भए त्यस्तो संरचना बनाउनुपूर्व गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने उल्लेख छ । सरकारको यो निर्णय २०७० साल वैशाख २६ गतेको राजपत्रमा प्रकाशित भइसकेको छ ।

उपत्यकामा पर्याप्त खुल्ला क्षेत्रको अभावमा २०७२ वैशाखको भूकम्पपछि अधिकांश सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो भने उद्धार तथा राहत कार्यमा पनि समस्या भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी