बैशाख २६, लिवाङ ।
रोल्पामा पत्रकार पुष्टमान घर्तीमगरलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको छ । मंगलबार बिहान ९ बजेतिर मगरलाई सदरमुकाम लिवाङबाट गिरफ्तार गरेको हो ।
नेपाल पत्रकार महासंघ रोल्पाको दशौं जिल्ला अधिवेशनमा सहभागी भई बजारमा हिडिरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको हो ।
सोमबार लिवाङमा सम्पन्न अधिवेसनबाट घर्तीमगर प्रदेश पार्षदमा निर्वा्चित भएका छन् । निर्वााचित भएको घोषणाको केही समयपछि उनलाई गिरप्तार गरिएको लिवाङबाट पत्रकार जन्मदेव जैसीले जानकारी दिए ।
बिनाकारण घर्तीमगर गिरफ्तार गरिएकोमा चौतर्फी विरोध भएको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालले घटनाको विरोध गर्दै गिरफ्तारको भत्सर्ना गरेको छ । बिनासर्त मगरलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।
संगठनको प्रतिनिधि टोली गिरफ्तार मगरलाई भेट्न प्रहरी कार्यालयमा पुग्दा माथिको आदेशका कारण छोपिएको प्रहरीले बताएको छ । टोली जिल्ला प्रशासनमा जाने क्रममा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline