जोगमाई खोला साना जलविद्युत आयोजनाले व्यावसायीक उत्पादन थाल्यो

जोगमाई खोला साना जलविद्युत आयोजनाले व्यावसायीक उत्पादन थाल्यो

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

इलाम, वैशाख २६ ।

एलामको जोगमाई खोला साना जलविद्युत आयोजनाले व्यवसायिक रुपमा बिद्युत उत्पादन सुरु गरेको छ । यो सँगै इलामको कुल विद्युत उत्पादन ६१ मेगावाट पुगेको छ ।

सवै परिक्षण सकेर वैशाखको तेस्रो सातादेखि जोगमाईले व्यवसायिक उत्पादन थालेको हो ।

सान्भी इनर्जीले निर्माण गरेको ७ दशमलव ६ मेगावाट क्षमताको आयोजनाले उत्पादन थालेपछि जिल्लाको विद्युत उत्पादन क्षमता ६१ मेगावाट पुगेको हो ।

निर्माणको अन्तिम चरणमा रहेका अप्परमाईको क्यासकेट, पुवाखोला र माइखोला विद्युत आयोजना सम्पन्न हुँदासम्म इलामको उत्पादन क्षमता ८० मेगावाट पुग्नेछ ।

यसअघि २२ र सात मेगावाटको सानीमा, ६ दशमलव २ मेगावाटको पुवाखोला, १२ मेगावाट क्षमताको अप्परमाई, ४ दशमलव ५ मेगावाटको माइखोला र तीन मेगावाटको माथिल्लो पुवाखोला विद्युत अयोजनाले उत्पादन गरिरहेका छन् ।

माइजोगमाई गाउँपालिकाको माङचोकमा रहको विद्युत गृहदेखि आयोजनाले निर्माण ११ किलोमिटर लामो प्रशारण लाइनमार्फत गोदकको तिल्केनीस्थित कावेली करिडोरको सवस्टेशनमा विद्युत जोडिएको हो ।

गोदकस्थित कावेली करिडोरको एक सय ३२ केभिएको सवस्टेशनमार्फत उत्पादित विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको छ ।

झण्डैं दुई दशक अघि पहिलो पटक प्राधिकरणको पुवाखोला जलविद्युत आयोजनाले ६ दशमलव २ मेगावाट विद्युत उत्पादन थालेर जिल्लामा ठूला आयोजना निर्माण थालिएका छन् ।
जोगमाईले हाल चार मेगावाट विद्युत उत्पादन गरिरहेको आयोजनाका हरिबाबु न्यौपानेले वताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी