सचिवलाई बाहिर निकालेर ललितपुरको वडा कार्यलयमा आगजनि

सचिवलाई बाहिर निकालेर ललितपुरको वडा कार्यलयमा आगजनि

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ ,२६ बैशाख ।

ललितपुरको ११ नम्बर वडा कार्यलयमा एक समुहले आगजनि गरेको छ । आज दिउसो ४ जनाको समुहले सचिवलाई कार्यकक्षबाट बाहिर निकालेर आगजनि गरेको वडा सचिव राजेन्द्र बज्राचार्यले बताउनु भयो ।

मोटरसाईकलमा आएका युवाहरुलाई सचिवलाई बाहिर निकालेर कार्यकक्षमा पेट्रोल खन्याएर आगजनि गरेको जावलाखेल प्रहरी परिसरका डिएसपि ईश्वर कार्कीले जानकारी दिनुभयो ।आगलागीबाट सचिव बस्ने कुर्सिमा मात्रै क्षति भएको उहाँले बताउनु भयो ।

सो क्षेत्रका स्थानियहरुले भने नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको निर्वाचन खारेजि अभियानलाई समर्थन गर्दै वडा कार्यलयमा आगजनि गरेको जनाएका छन् ।

घटनाबारे अनुसन्धान भईरहेको डिएसपि कार्कीले बताउनु भयो । सो वडा कार्यलय ललितपुरको चाकुपाटमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ