गुण्डा नाइके चक्रे मिलन पक्राउ

गुण्डा नाइके चक्रे मिलन पक्राउ

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ, बैशाख २६ ।

गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ । चुनावलाई प्रभाव पार्न सक्ने ठानेर उनलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुण्डाको समूहमा राखेका सबैजसो व्यक्तिलाई पक्राउ गरेर चुनाव शान्त बनाउने योजना रहेको महानगरीय प्रहरी परिसर काठमाडौैंका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।
महाशाखाले स्थानीय चुनावको सुरक्षामा प्रभाव पार्नसक्ने भन्दै पक्राउ गरेको हो । २ दिन अगाडि प्रहरीले राप्रपा मनाङ अध्यक्ष दिपक मनाङगेलाई पक्राउ गरि सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखेको छ।

निर्वाचन सुरक्षा लक्षित सुरक्षा योजनासंगै प्रहरीले उपत्यकाका १ सय २४ जनाको सुचि बनाएर पक्राउ शुरु गरेको थियो।
लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका गुन्डा नाइके गणेश लामा समेत निगरानी सुचिमा भए पनि पक्राउ परेका छैनन्। चक्रेको भाई तेजेन्द्र पक्राउ परे पनि २४ घन्टा नबित्दै मुक्त भएका थिए।
प्रहरीले हालसम्म ४६ जना गुन्डा पक्राउ गरे पनि ३८ जना निर्वाचन अगाडिनै धरौटीमा छुटी सकेका छन् । चक्रे सहित प्रहरी हिरासतमा ६ गुन्डा छन्। धरौटीमा छुटेकालाई दैनिक हाजिरीमा राखेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ