मत हाल्ने तरिका थाहा नपाएको मतदाताको गुनासो

मत हाल्ने तरिका थाहा नपाएको मतदाताको गुनासो

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, बैशाख २६ ।
स्थानीय तहको निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी हुँदा पनि मतदाता शिक्षा प्रदान गर्ने व्यक्ति नभेटिएको काठमाडौं जिल्लाको उत्तर पूर्वी भेगका मतदाताको गुनासो छ ।

संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा मत दिएकाहरू अहिले एउटै मतपत्रमा सात मत दिन पाइन्छ भन्दा अन्योलमा पर्ने गरेका छन् । प्रचारप्रसारका लागि छोटो समय भएकाले दलहरूलाई पनि प्रत्येक घरमा पुगेर मत माग्ने र मत हाल्न तरिका सिकाउने समय नभएको बताएका छन् ।

स्थानीय निर्वाचन नभएको २० वर्ष भइसक्यो त्यसैले गर्दा मतदाताहरूमा स्थानीय जनप्रतिनिधिलाई मत हाल्ने तरिका थाहा हुन नसकेको बताएको छ । संविधानसभा निर्वाचनमा मतदाता शिक्षाका लागि सरकारी र गैरसरकारीस्तरबाट व्यापक रूपमा मतदाता जागरणका कार्यक्रम अघि सारिए पनि आसन्न निर्वाचनमा त्यस्तो हुन सकेको छैन ।

काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगका गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा यातायातको पहुँचभन्दा टाढा रहेका बस्तीमा अझै मतदाता शिक्षा पुग्न सकेको छैन । गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्कका बासिन्दा मङ्गलबहादुर तामाङले अहिलेको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने अझै थाहा पाउन नसकिएको बताएका छन् ।

संविधान सभा निर्वाचनका बेला यस सम्बन्धी जानकारी दिन निर्वाचन आयोगले खटाएका मानिस आएका थिए, यस पटक स्थानीय नेता छान्ने निर्वाचन भएकाले नआएका हुन् कि ? मत कसरी र कति जनालाई हाल्ने भन्नेमा हामी प्रस्ट छैनौँ, उनले भने ।

कागेश्वरी मनोहरा नगरपालिकाका गागलफेदी र कागेश्वरी, शङ्खरापुर नगरपालिकाका वज्रयोगिनी, चौकीभन्ज्याङ र पटापलगायत दुर्गम स्थानमा पनि मतदाता शिक्षा पुग्न नसकेको स्थानीय मतदाताको गुनासो छ । नगरपालिकाको सुगम मानिएका जोरपाटी, गोकर्ण, मूलपानी, इन्द्रायणी, साँखुलगायत स्थानका कुना–कुनाका मतदाताले पनि यस पटक कसरी मतदान गर्ने भन्ने थाहा पाउन नसकिएको बताए ।

दक्षिणढोकाका विष्णुप्रसाद सापकोटाले रेडियो र टेलिभिजनका विज्ञापनमा मतदानको तरिका सिकाउन प्रशिक्षण प्राप्त मतदाता शिक्षक आउँछन् भन्ने जानकारी पाए पनि अहिलेसम्म भेट्न नसकिएको बताए । अबको पाँच दिनमा निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिन सरल र सहज तरिका नअपनाए निर्वाचनमा धेरै मत बदर हुन सक्ने सम्भावना देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ