झापामा बाह्र सिँचाइ योजना सञ्चालनमा

झापामा बाह्र सिँचाइ योजना सञ्चालनमा

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

भद्रपुर, २६ वैशाख । झापामा हाल सिँचाइका लागि करिब रु ५५ करोड लागतका १२ योजना सञ्चालनमा रहेका छन् ।

सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले कृषकको आवश्यकता र स्रोतको सदुपयोग हुने गरी सिँचाइको विकास र विस्तार गर्न लागेको हो ।

जिल्लामा १२ योजनाबाट करिब चार हजार ३७६ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले बताउनुभयो । गौरादहको किस्ने खोलामा रु ११ करोड २३ लाख लागतमा निर्माण सुरु भएको सिँचाइ योजना सम्पन्न हुने अवस्थामा छ । यसबाट छ सय ३० हेक्टरमा सिँचाइ सुविधा पुग्ने तिवारीले बताउनुभयो ।

यस्तै गोलधापको भुतेनी खोलामा रु सात करोड ६९ लाखको लागतमा निर्माण सुरु भएको योजना अन्तिम अवस्थामा पुगेको छ । सो योजनाबाट छ सय ३० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । दुवागढीस्थित हडिया खोलामा रु पाँच करोड २२ लाख लागतमा निर्माण हुने योजनाबाट ५०० बिगाहा खेतमा सिँचाइ सुविधा पुग्नेछ ।

यसैगरी हडियामा दामा र त्रिवेणी सिँचाइ योजनाको निर्माण कार्य सुरु गरिएको छ । यी दुबै योजनाबाट चार सय ३० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने कार्यालयले जनाएको छ । राजगढको फौजदार घाटमा छ सय ३० हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले रु १० करोड ६९ लाख लागतमा निर्माण सुरु भएको योजना आउदो आवमा सम्पन्न हुने छ ।

यस्तै साँधुटारमा सञ्चालित साधुटार, नेते र सिस्ने (सानेसी) सिँचाइ योजनाले त्यस क्षेत्रमा तीन सय ५५ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नेछ । सो योजना रु एक करोड ३९ लाख लागतमा निर्माण भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी