आरोप साबित गरेर देखाउनुस्, यो मुलुक छाडेर जान तयार छु : कुलमान घिसिङ

आरोप साबित गरेर देखाउनुस्, यो मुलुक छाडेर जान तयार छु : कुलमान घिसिङ

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

काठमाडौं, बैशाख २६ ।
लामो संघर्षपछि राजधानीलाई लोडसेडिङ मुक्त बनाएर वाहवाह कमाउन सफल व्यक्ति नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ अहिले आरोप–प्रत्यारोप खेप्न बाध्य भएका छन् ।

उनी अहिले लिड बल्बको कारण आरोप खेप्न बाध्य भएका हुन् । उनले भारतसँग खरिद गर्न लागेको लिड बल्बमा कुनै पनि अनियमितता नभएको र नहुने प्रष्टसमेत पार्दै बल्ब खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि घिसिङले यस विषयमा स्पष्ट पार्न आज प्राधिकरणमा पत्रकार सम्मेलनको नै आयोजना गरे ।

पत्रकार सम्मलेनमा बोल्दै उनले बल्ब खरिद प्रक्रियामा आफू वा आफ्नो टीमले पैसा खाएको प्रमाणित गरेर देखाएको खण्डमा आफू यो मुलुक छाडेर जान तयार रहेको बताए । निकै भावुक मुद्रामा देखिएका घिसिङले भने ‘मैले लिड बल्बबाट नेपाली जनताको पैसा खानु पर्दैन, मैले पैसा खान चाहेको भए, दुई/तीन घण्टा लोडसेडिङ गराइदिए पुग्थ्यो ।’

उनले एलईडी बल्ब खरिद प्रक्रियामा अनियमितता भएको भन्ने आरोप सुनियोजित रूपमा लगाइएको समेत दाबी गर्दै उनले भने, ‘लिड बल्ब खरिदमा अनावश्यक विवाद झिकेर नियोजित रूपले आफ्नो चरित्र हत्या गर्ने खेल भएको छ, हामीले अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुण्डिन तयार छु ।’

उनले बल्ब खरिदका लागि ईसीएल कम्पनीसँग भएको सम्झौता, बिललगायतका कागजसमेत सार्वजनिक गरेका छन् । उनले एक सय ५० रुपैयाँमा गुणस्तरीय एलईडी बल्ब नेपालकै कुनै व्यापारीले उपलब्ध गराए आफू त्यो किन्न तयार रहेकोसमेत स्पष्ट पारेका छन् ।

सरकारले भारतीय कम्पनीसँग दुई अर्बको एलइडी बल्ब किन्ने तयारी गरिरहेको छ। ऊर्जा मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलन गरेर दुई अर्बको लागत ४० अर्ब रुपैयाँ जोगाउनका लागि एलइडी बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको थियो।

करिब २०० मेगावाट विद्युत् उत्पादन गर्नका लागि हालको बजार मूल्यअनुसार करिब ४७ अर्ब रुपैयाँ लागत आवश्यक पर्दछ। एक एलइडी बल्बका लागि भारतीय रुपैयाँ ६५ पर्दछ भने बजार मूल्य ३५० देखि ४०० रुपैयाँसम्म पर्दछ।

एलइडी बल्बको औसत आयु ५० हजार घन्टा रहेको छ। त्यसको तुलनामा सिएफएल बल्बको १० हजार घन्टा, ट्युबलाइटको १५ हजार घन्टा र सामान्य बल्बको एक हजार घन्टा रहेको छ। भारत सरकारले विभिन्न १६ राज्यमा एलइडी बल्ब प्रयोगमा ल्याएको छ। त्यसबाट करिब १० हजार मेगावाट बराबरको ‘पिक लोड’ व्यवस्थापन गर्न सफल भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी