चितवन, २६ बैशाख । स्थानीय तहको चुनावमा कालिका नगरपालिका–११ मा खुल्लातर्फको सदस्य पदका उम्मेदवार उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवारको चट्याङ लागेर मृत्यु भएको छ।
गएराति तीन बजेतिर परेको चट्याङ लागेर घाइते भएका ३८ वर्षीय सिफल चेपाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
उम्मेदवारको निधनपछि कालिका नगरपालिकाको निर्वाचन स्थगित भएको छ। उम्मेदवारको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरेर आयोगलाई जानकारी गराएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।
शर्माका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारको निधन भए सबै कार्यक्रम स्थगित हुने प्रावधान रहेको छ। स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६० बमोजिम निर्वाचन स्थगित गरिएको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline